कटारी / कटारीबाट फुटबलमा अघि बढेका फुटबलर प्रताप राई राष्ट्रिय टिमको वन्द प्रशिक्षणमा छनौट भएका छन् ।अव राईले वन्द प्रशिक्षण पश्चात राष्ट्रिय टिमबाट फुटबल खेल्ने अवसर पाउन सक्छन् ।
अखिल नेपाल फुटबल एशोसियसन एन्फाले राईलाई प्रशिक्षणका लागि छनौट गरेको हो । छनौट पश्चात राईले यहि सेप्टेम्बर ६ देखि ९ तारिकसम्म हुने नेपाल र वंगलादेशवीच हुने खेलमा अवसर पाउने सम्भावना बढेको छ ।
यस अघि राईले नेपाली फुटबलको जगको रुपमा लिईने सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता २०८१ लिगमा लिग भरी अपराजित यात्रा तय गर्न सफल प्लनिङ ब्वाइज यो सिजनको लिग च्याम्पियन हुँदै ए डिभिजन खेल्ने पक्का हुँदा महत्वपूर्ण खेलाडी सावित भएका थिए ।
त्यतिवेला लिगको मस्ट भ्यालुएबल प्लेयर प्लानिङ ब्वाइजको प्रतापसिंह राई भए भने ,स्पेशल अवार्ड चन्द्रा भण्डारी,सर्वोत्कृष्ट गोलकिपर प्रमीजय गज्छदार र उच्च गोलकर्ता फागुराम थारु बनेका थिए ।
कटारी नगरपालिका वडा नम्बर ३ का राई सामान्य परिवारमा जन्मिएका हुन । बुवा जित बहादुर राई र आमा शारदा राईको कोखबाट जन्मिएको राइ मोफसलबाट निक्कै मेहनत गर्दै फुटबल खेल्दै आएको बताउछन् । राई थप्छन “निरन्तर मेहनतले सफलता हात पर्छ ,म मेहनत गर्न पछि सर्दिन अझै धेरै मेहन गर्नु छ । ”
एन्फाको मष्ट भ्यालुवेवल खेलाडी वनिसकेका राई राष्ट्रिय टिमका लागि फरवार्डमा पहिलो प्राथमिकतामा छन् । राष्ट्रिय टिममा उनले नेपालको नेतृत्व गर्दै अघि बढेको हेर्न कटारीवासी लालायित छन् ।

प्रतिक्रिया