कटारी / कटारीमा पहिलो पटक औपचारिक कार्यक्रमका साथ गाईजात्रा मनाईएको छ । आईतबार नेवार संघ कटारी , ५ भोर्लेको आयोजनामा गाईजात्रा मनाईएको हो । संघका अध्यक्ष पृथ्वी नारायण श्रेष्ठको सभापतित्व र मेयर राजेशचन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा भूगोलपार्कमा एक औपचारिक कार्यक्रका साथ गाईजात्रा धुमधामका साथमा मनाईएको हो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि मेयर श्रेष्ठले राष्ट्रको गहना भनेको नै हाम्रो रितिरिवाज , संस्कार ,भाषा ,कला संस्कृति रहेको बताउनुभयो । यसले पर्यटनमा विकास गरेको बताउनुभयो । यो हाम्रो संस्कृतिको रुपमा , गहनाको रुपमा लिएर जानुपर्ने बताउनुभयो ।
पछिल्लो समयमा भाषा संस्कृति जोगाउन सवै लाग्नु थालेको पनि मेयर श्रेष्ठले बताउनुभयो । मल्लकालिन समयदेखि गाईजात्रा सुरु भएको पनि उहाँले बताउनुभयो । कार्यक्रममा विशेष अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख तेजप्रसाद गिरीले कटारीमा पनि गाईजात्रा मनाउनु महत्वको विषय रहेको बताउनुभयो ।
त्यस्तै कटारी ५ का वडाध्यक्ष मोहन तामाङ्गले कटारी बजारका भन्दा पनि ग्रामिण भेगका नेवारहरले संस्कार संस्कृति जोगाउन काम गरिरहेको बताउनुभयो । वडा नम्बर ३ का वडाध्यक्ष पुष्कर खड्काले यसको गाईजात्राको महत्वमाथि प्रकाशपार्दै शुभकामना दिनुभयो ।
गाईजात्राको अवसरमा कटारीको , ५ , ६ र ७ नम्बरका नेवार समुदायले हरुले लाखे नाच सहित बजार परिक्रमा गरेका थिए । कार्यक्रममा लाखेका अलावा अन्य आदिवासी जनजातिहरुले पनि साँस्कृति प्रस्तुति दिएका थिए । अघिल्लो वर्षमा पनि लाखे सहितको र्याली निकालिएको भएपनि यस पटक औपचारिक कार्यक्रम नै गरिएको हो ।

प्रतिक्रिया