समाचार

यायोक्खाको स्थापना दिवशमा वृक्षारोपण




कटारी / राईहरुको साझा संगठन किरात राई यायोक्खाको ३८ औं स्थापना दिवश आज कटारीमा पनि मनाईएको छ । किरात राई यायोक्खा नगर समिति कटारीको आयोजनामा कटारी ३ को साकेला थानमा वृक्षारोपण गर्दै दिवश मनाइएको हो ।
ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख कोपिला थुलुङ्ग राईको विशेष उपस्थितिमा वृक्षारोपण गरिएको समितिका अध्यक्ष मेनुका राईले बताउनुभयो । वृक्षारोपणमा अनार , अम्बा , लिच्ची , मेवा , गुलमोहर लगायतका २ सय बढी विरुवा रोपिएको थियो ।
वृहत वृक्षारोपण कार्यक्रममा समितिका पदाधिकारीहरु , सल्लाहाकारहरु तथा किरात राई समुदायका युवाहरुको सहभागीता रहेको थियो । साकेला थान सँगै रहेको साकेला पार्क परिसर र आसपासमा वृक्षारोपण गरिएको हो ।
यायोक्खाले यस अघि पनि यस क्षेत्रमा श्रमदान मार्पmत विभिन्न विरुवाहरु वृक्षारोपण गरिसकेको छ । वृक्षारोपणका लागि समितिलाई डिभिजन वन कार्यालय त्रिवेणी कटारीले विरुवाहरु उपलब्ध गराउने गरेको छ ।

प्रकाशित : २३ श्रावण २०८२, बिहिबार, ,