कटारी / महालेखा परीक्षकको कार्यालयको पछिल्लो प्रतिवेदन २०८२ अर्थात आर्थिक वर्ष २०८०/८१ अनुसार उदयपुरको उदयपुरगढी गाउँपालिकाले करार कर्मचारी शिर्षकमा ४२ लाख ७७ हजार बढी अनियमित रुपमा खर्च गरेको छ ।
प्रतिवेदन अनुसार स्थानीय सरकार संञ्चालन अनुसार गाउँसभाबाट स्वीकृत संगठन तथा व्यवस्थापन अनुसार प्रमुख प्रशासकीय अधिकृत सहित ४५ जनाको दरबन्दी स्वीकृत रहेकोमा ३२ जना पदपुर्ती भई १३ पद रहेकोमा करार कर्मचारी ३६ जना राखी
जमा .१,४७,०१,७६७÷भुक्तानी गरेको पाइयो । कार्यालयमा महत्वपूर्ण पदहरु सहायक पाँचौ र सहायक चौथो सहित ३ पदको पदपुर्तीका लागि लोकसेवा आयोगमा माग गरी पठाएको पठाएकोमा हालसम पदपूिर्तभएको पाइएन।ऐनलेतोकेको पद बाहेकका कर्मचारी राखि खर्च गरेको नियमसम्मत नदेखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदन अुनसार गाउँपालिकाको कुल बेरुजु ५ करोड ८४ लाख ३७ हजार ५ सय ९० रहेको छ । त्यसगरी प्रतिवेदनमा दोहोरो सुविधा शिर्षकमा १ लाख ५१हजार४ सय ७० असुल गर्नुपर्ने देखिएको छ ।
प्रतिवेदनमा गाउँतथा नगर सभाका सदस्यहरुको सुुिवधा सम्वन्धि ऐन, २०७५ को दफा ३ उपदफा ३ को अनुसुची १(ख) अनुसार यातायात खर्च वापत कार्यपालिका सदस्यहरुलाई मासक सुिवधा पाउने व्यवस्था छ । तर पालिकाले मासिक सुविधा यातायात वापत उपाध्यक्षलाई दशहजार वडाध्यक्षलाई चारहजार र कार्यपालिका सदस्यलाई २ हजार ५ सय भुक्तानी गरिसकेको अवस्थामा मासिक ईन्धन सुविधा समेत दिईएको पाइएको उल्लेख गरिएको छ ।
ऐनमा भएको व्यवस्था विपरित सुविधा दिएकाले दोहोरो सुविधा लिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । दोहोरो सुविधा लिएकाहरुमा वडानम्बर ४ का वडाध्यक्ष रामबहादुर घलेसँग ९ हजार ६ सय नब्बे , ६ नम्बर वडाध्यक्ष कृष्णबहादुर खत्रीसँग ६ हजार ८ सय , ७ नम्बर वडाध्यक्ष भुवन केप्छाकी मगरसँग १२ हजार ७ सय पचास , ८ नम्बर वडाध्यक्ष थिरबहादुर रावतसँग एकहजार सात सय , कार्यापालिका सदस्य सहेकबहादुर विश्वकर्मासँग ४१ हजार ४ सय असी वडा नम्बर १ का वडाध्यक्ष दिलबहादुर राना मगरसँग ६ हजार ८ सय असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी वडा नम्बर ३ का वडाध्यक्ष मनोजकुमार कार्कीसँग ८ हजार पाँच सय कार्यापालिका सदस्य यशोदाकुमारी राइसँग ५ हजार १ सय , सरिता कार्कीसँग १३ हजार ६ सय , र गाउँपालिकाका उपाध्यक्ष जितबहादुर खड्कासँग ४५ हजार ५० गरी एकलाख ५१ हजार ४ सय ७० दोहोरो सुविधा असुल गर्नुपर्ने पनि प्रतिवेदनले देखाएको छ ।
त्यसैगरी नम्स फरक पारी दर विश्लेषण शिर्षकमा पुजारीटार पिपल भन्ज्याँग सडक स्तरउन्नती उपभोक्ता समितिसँग २२ हजार ३ सय एकतिस ,ककनी हाडेबास सडक उपभोक्ता समितिसँग १२ हजार ३ सय नौ असुल गर्नुपर्ने देखिएको छ । रोयल्टी भुक्तानी शिर्षकमा २० हजार ७ सय ३६ ककनी मुहानगरी सितली डाँडाकुलो उपभोक्ता समितिसँग असुल गर्नुपर्ने देखिएको छ ।
त्यस्तै संघिय सरकारवाट हस्तान्तरित कार्यक्रमको शिर्षक फरक पारी खर्च गरेको २ लाख ५६ हजार ८ सय ८२ पनि अनियमित भएको पाईएको छ । त्यस्तै स्टिल पार्टस खरिदमा ओभरहेड शिर्षकमा पनि ४ लाख ७२ हजार ९ सय २२ अनियमित भएको देखिएको छ ।
प्रतिवेदनले गाउँपालिकाको वेथितिहरुलाई उजागर गर्दै थुप्रै शिर्षकमा प्रमाण पेश नभएको , अनियमित भएको , असुल गर्नुपर्ने रकमहरु देखाएको छ ।
त्यस्तै जिल्लाकै उदयपुरको ताप्ली गाउँपालिकाको कुल बेरुजु १८ करोड ८४ लाख ९ हजार ७ सय ३ रुपैंया रहेको छ । गाउँपालिकाले सुधार गर्नुपर्ने थुप्रै कुराहरु रहेको प्रतिवेदनले उल्लेख गरेको छ ।
विभिन्न शिर्षकहरुमा अनियमितता भएको समेत प्रतिवेदनमा उल्लेख छ । ताप्ली गाउँपालिकामा पनि करार कर्मचारी शिर्षकमै १३ लाख ८४ हजार ६ सय ३९ रुपैंया अनियमितता भएको छ ।
गाँउसभाबाट स्वीकृत भएको संगठन तथा व्यवस्थापन अनुसार ६५ जनाको दरवन्दी स्वीकृत रहेकोमा ४१ जना मा पदपुितभई बाक २४ पद रिक्त रहेकोमा करार कर्मचारी ३६ जना राखी वर्षभरमा जमा .२४९५२३४ भुक्तानी अनियमित गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी ताप्लीमा शिक्षक नियुक्ति शिर्षकमा पनि २८ लाख १९ हजार ९ सय ३४ हजार अनियमिता गरिएको पाईएको छ ।
त्यसैगरी गाउँपालिकाले शिर्षक फरक पारी खर्च गर्दा १८ लाख ४८ हजार ५ सय ५३ अनियमितता गरेको छ । त्यस्तै शिर्षक फरक नै पारेर ९,०१,१७४.४६ रकम अनियमिता भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै लिम्चुङ्गबुङ्ग गाउँपालिकाको वेरुजु १८ करोड ९३ लाख १९हजार ०२० रुपैंया रहेको छ । लिम्चुङ्गबुङ्गले पनि करारक कर्मचारीमै अनियमितता गरेको छ । “गाँउसभाबाट स्वीकृत भएको१४१ जनाको दरबदीमा ६८ जना मा पदपुितभई बाकी
७३ पद र रहेकोमा करार कमचारी ७२ जना राखी वर्षभरमा जमा .१,५८,९३,०००÷– भुुक्तानी गरेको पाइयो।”प्रतिवेदनमा भनिएको छ । करारमा भर्ना गर्न नमिल्ने पदमा कर्मचारी भर्ना गरी ३५ लाख ८५ हजार ८ सय ३ अनियमितता गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
लिम्चुङ्गबुङ्ग प्रोत्साहन भत्तामा समेत ७ लाख २६ हजार २ सय १ अनियमितता गरेको छ । पालिकामा सोलार जडानमा ७ लाख ८९ हजार ५ सय ५१ , निजि शिक्षकमा ४५ लाख २२ हजार ९ सय ३२ अक्षय स्थापनामा ५ लाख , हामी मिली हाम्रो विकास गछौं महाअभियानका नाममा ६ लाख ७९ हजार ३ सय २ रुपैंया अनियमिता गरिएको छ । गाउँपालिकामा ईन्टरनेट जडानमा समेत विभिन्न विद्यालयहरुलाई दोहोरो सुविधा दिईएको तीनलाख पाँच हजार १ सय असुल गर्नुपर्ने देखिएको छ ।
करारलाई चाडपर्व खर्च ३२ हजार ९ सय दुई दिएर समेत गाउपाँलिकाले अनियमितता गरेको छ । यी प्रतिनिधि वेथिति र अनियमितताका उदाहरण मात्रै हुन प्रविदेनले थुप्रै शिर्षकका वेथितिलाई समेटेको छ ।
प्रमाण नपुराई मनपरी गरिएको खर्च समेत उत्तिकै देखाएको छ ।पछिल्लो समय स्थानीय निकायमा वेथितिको चाङ बढ्दै गएको पालिकावासीहरुकै गुनासो रहेको छ ।

प्रतिवेदनहरु अध्ययन गर्न यो लिंकमा जानुहोला https://oag.gov.np/reports/local-level-report
प्रतिक्रिया