राजनीति

माओवादी केन्द्र उदयपुरगढीको अध्यक्षमा गंगा राई चयन



कटारी / उदयपुरको उदयपुरगढी गाउँपालिकामा नेकपा (माओबादी केन्द्र) ले नयाँ नेतृत्व चयन गरेको छ । जसमा उदयपुरगढीमा माओवादीको नेतृत्व अर्थात अध्यक्षमा गङ्गाराई चयन हुनुभएको छ । नवगठित ३९ सदस्यीय गाउँ पार्टी कमिटीको शनिबार सम्पन्न बैठकले राईलाई सर्बसम्मत अध्यक्षमा चयन गरेको हो ।
बैठकले ३ उपाध्यक्षमा क्रमशः मनोज कार्की, भुवन केप्छाकी मगर र नरबहादुर तामाङलाई चयन गरेको छ । सचिव होम बस्नेत, सहसचिव किरण लुङ्गेली मगर र कोषाध्यक्षमा रुद्र राना मगर चयन भएका छन् । पार्टी केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज मणि खम्बुसहित प्रदेश कमिटी सदस्यहरु, जिल्ला समन्वय सदस्यलगायत नेताहरुको उपस्थितिमा सम्पन्न पदाधिकारी चयनपछि सोही साँझ सपथग्रहण कार्यक्रम सम्पन्न भएको पार्टीले जनाएको छ ।
राई किरात राई यायोक्खा उदयपुरको समेत अध्यक्ष हुनुहुन्छ । अध्यक्ष राई संञ्चारिका समूह उदयपुरको अध्यक्ष तथा नेपाल पत्रकार महासंघको निवर्तमान उपाध्यक्ष समेत हुनुहुन्छ ।

प्रकाशित : ८ जेष्ठ २०८२, बुधबार, ,