राजनीति

वेदप्रसाद पराजुलीको सभापतित्वमा रास्वपा कटारी चारको वडा कमिटी गठन



कटारी / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कटारी वडा नम्बर ४ को प्रथम अधिवेसनले वेदप्रसाद पराजुलीको सभापतित्वमा वडा कमिटी गठन गरेको छ । कमिटीको उपसभापतिमा मनु दनुवार , र सचिवमा दिपक दनुवार चयन भएका छन् ।
शनिबार सम्पन्न प्रथम अधिवेसनले सदस्यहरुमा एरिका सेवा , निरबहादुर परियार , मोहन खप्तरी मगर,आनन्द महासेठ , सन्जुकुमारी मुसहर , ज्ञानकुमारी लुईटेल , र संगिता राउत चयन भएका छन् ।
त्यसैगरी अधिवेसनले केशव पौडेलको संयोजकत्वमा सल्लाहाकार समिति समेत गठन गरेको छ । सल्लाहाकार समितिको सदस्यहरुमा लालबहादुर श्रेष्ठ , पर्शुराम दनुवार , विष्णु राई , चन्द्रबहादुर श्रेष्ठ , र प्रमिला विश्वकर्मा रहेका छन् ।
पार्टीको नगर कमिटी अध्यक्ष सुरेन्द्र जयसवालको सभापतित्वमा अधिवेसन सम्पन्न भएको थियो । अधिवेसनका लागि पार्टीको जिल्ला कमिटीले समन्वय गरेको थियो । यस अघि रास्वपाले कटारीको वडा नम्बर २ र ७ मा आप्mनो वडा अधिवेसन सम्पन्न गरिसकेको छ ।

प्रकाशित : ५ जेष्ठ २०८२, आइतबार, ,