कटारी , ४ मा साकेला सिली सिक्दै किशोर किशोरी तथा युवा युवतीहरु । तस्बिर / सौजन्य दिपक राई
कटारी / उदयपुरको कटारी–३ , च्याँगामा राति दश बजेसम्म ढोल भ्mयाम्टा वज्न थालेको एकसाता भईसक्यो । च्याँगामा मात्रै होईन कटारीकै वडा नम्बर ४ , वडा नम्बर ६ मा पनि ढोल भ्mयाम्टासँगै साकेला सिली (नाच)को प्रशिक्षण जारी छ ।
राई समुदायले तीनदिन पछी यहि २९ वैशाखमा वैशाखे पूर्णिमाका दिन आप्mनो महान चाड उभौली मनाउँदैछन् । कटारीको साकेला थानमा किरात राई यायोक्खा कटारीको आयोजनमा धुमधामका साथ उभौली मनाउने तयारी छ ।
उभौलीमा साकेला सिली (नाच) नाच्नका लागि गाउँ गाउँमा प्रशिक्षण जारी छ । “नाच्न जान्नेहरु जान्ने नै भए नजान्नेहरुमा पनि साकेलाको आकर्षण छ , त्यसैले प्रशिक्षण नै आवश्यक भएको हो ।”यायोक्खा कटारीका अध्यक्ष मेनुका राईले भन्नुभयो ,“तालिका बनाएर टोल टोलमा साकेला सिली सिकाईरहेका छौं ।”
साकेला सिली सिक्न राई किशोर किशोरीहरु ,युवायुवतीहरु टोलटोलमा भेला भएर वस्ने गरेको प्रशिक्षक जश्मिता राईले बताउनुभयो । राई मात्रै होईन गैह्र राईहरुले यो नाच सिक्न थालेको पनि उहाँले बताउनुभयो ।
पत्येक टोलमा साकेला सिली सिक्न दुईदर्जनको संख्यामा उपस्थिति छ । राई बस्ति र राई बस्ति नजिकका गैह्र राई किशोर किशोरीहरुमा समेत साकेला सिली सिक्ने आकर्षण बढेको पनि उहाँले बताउनुभयो ।
कटारीमा मात्रै होईन जिल्ला सदरमुकाम गाईघाट , वेलका नगरपालिका , चौदण्डीगढी नगरपालिकाका गाउँगाउँमा पनि पन्ध्र दिनसम्म मनाउने उभौलीमा साकेला सिलीको तालिका तयार भईसकेको किरात राई यायोक्खा उदयपुरका सदस्य निशान राईले बताउनुभयो ।
“प्रत्येक वडा र टोलटोलमा ढोल भ्mयाम्टा वज्न थालिसक्यो ।”उहाँले भन्नुभयो ,“सवै वडाका टोलहरुमा उभौलीमा साकेला नाचेर मनाईनेछ ।” उदयपुर मात्रै होईन पूर्वका राईबस्तीहरुमा वैशाखे पूर्णिमादेखि सुरु भई १५ दिनसम्म ढोल झ्याम्टाका साथ साकेला नाच्दै राईहरुले धुमधामका साथ उभौली मनाउनेछन् ।
किराँत राई यायोक्खा जिल्ला कमिटी उदयपुरका अध्यक्ष गंगा राईका अनुसार किराँत राईहरुको बसोबास रहेको पूर्वी पहाडी जिल्ला खोटाङ, भोजपुरका साथै धरान, इटहरी, गाईघाट, कटारी, मोरङ, राजधानीलगायत सहरमा यो पर्व धुमधामका साथ साकेला नाचेर मनाईने तयारी छ ।
उभौली पर्व पर्व मानिस, जनावर तथा चराचुरुङ्गी बेंसीबाट लेकतिरबाट बसाई सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली लगाउने खुसीयालीमा मनाउने गरिन्छ । प्रकृति पूजक किराँत समुदायले नदी तथा खोलामा माछा उकालो (उँभो) धेरै पानी आउने ठाउँतिर बसाई सरेको समयलाई उभौली भनेको पाइन्छ ।राईहरुले हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर विभिन्न शैलीमा साकेला नाचेर यो पर्व मनाउने गर्दछन् ।

प्रतिक्रिया