राजनीति

सरकारले कुलमानलाई हटाएको विरोधमा कटारीमा पनि प्रदशर्न



कटारी/ सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङ्गलाई वर्खास्त गरेको विरोधमा कटारीमा पनि प्रदशर्न गरिएको छ । हिजो साँझ कटारीको भूगोलपार्कमा कुलमानको पक्षमा हस्ताक्षर अभियान संञ्चालन गर्दै प्रदशर्न गरिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी निकट युवाहरुको सहभागितामा भएको विरोध कार्यक्रममा सहभागीहरुले कुलमानको पक्षमा नाराबाजी गरेका थिए । सरकारलाई भ्रष्ट सरकारको संज्ञा दिंदै , उर्जामन्त्री र सरकारको विरुद्धमा मुर्दाबादको नाराबारी समेत गरेका थिए ।
उनीहरुले कुलमानलाई कायम गर्नुपर्ने माग रहेको रास्वापाका नगर सभापति सुरेन्द्र जयसवालले बताउनुभयो । देशलाई लामो लोडसेटिङ्ग हटाएर कुलमानले आप्mनो कार्यकालमा नियमित विद्युत प्रभाव गर्नुभएको थियो ।
दैनिक १८ घण्टा बढीको लोडसेटिङ्ग खेपेका नेपालीहरुले त्यसको अनुभुति भुल्नै लाग्दा कुलमानलाई हटाएपछी देशभर विरोध भएको छ । सरकारले कुलमान अघिका हितेन्द्र शाक्यलाई नै निर्देशकमा ल्याएका छन् । शाक्य तिनै व्यक्ति हुन् कुलमान निर्देशक हुँदा ४ वर्ष अघि कुलमानको विरुद्ध अदालतसम्म पुग्नुभएको थियो । कुलमान प्रधानमन्त्री केपी ओली निकट रहेको बताईन्छ ।
प्राधिकरणले महशुल नतिर्ने उद्योगहरुको लाईन काट्न थालेपछी सरकार कुलमान द्वन्द बढेको थियो ।

प्रकाशित : १२ चैत्र २०८१, बुधबार, ,