वसन्त ऋतुले छायो होली आयो ।
कोईलीले गीत गायो होली आयो ।।

रङ्गै रंगकाे पर्व ह्याप्पी होली कान्छा,
शुभकामना तिम्रै आयो होली आयो ।
दु:ख ढालेर सुख खोज्दा खोज्दै फेरि,
नियतिले हामिलाइ दायो होली आयो ।
मुटुमा आशु लुकाई हातमा रंग बोकेर,
ओठमा मुस्कान छायो होली आयो ।।
कटारी , ३ च्याँगा , उदयपुर
प्रतिक्रिया