–‘भावुक’ यज्ञ राई

पाहुना पुजे घर भित्र बास दिई बसे ।
म भुंईमा तिमिलाइ खास दिई बसे ।।
रित्ताएर खल्ती समय र सहयोग गरे ।
पुगेन अझै बाँकी मेरो आस दिई बसे ।।
खुट्टा काटेर मेरो जुत्ता उपहार दियौ ।
म गाँस काटेर मेरो सास दिई बसे ।।
ओहो ,समाज नुनमा सबै गुन भुल्छौ ।
अब खान्छौ ? बाकी छ ,लास दिई बसे ।।
- कटारी , ३ , उदयपुर
(हरेक शनिबार हामी एउटा सिर्जना पस्किनेछौं , तपाईको पनि कुनै सिर्जनाहरु भए हामीलाई पठाउनुहोला सिर्जना पठाउन ह्वाट्सअप नम्बर ९८६२८५९८२३ , साहित्यलाई हामी सवैभन्दा बढी प्राथमिकतामा राख्छौं , सम्पादक)
प्रतिक्रिया