गाईघाट / प्रेस चौतारी नेपाल उदयपुरको अध्यक्षमा अन्जनी अधिकारी चयन हुनुभएको छ । हिजो गाईघाटमा सम्पन्न चौतारीको २७ औं स्थापना दिवशको अवसरमा आयोजित आठौं जिल्ला अधिवेसनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा राजु मगर ,महिला उपाध्यक्षमा रन्जु दनुवार ,सचिवमा सन्तोष रौनियार , सह सचिवमा सिंह राई , समावेशी सह सचिवमा जयराज पूर्वाछाने र कोषाध्यक्षमा हिराकुमारी राई चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सुजाता सुवेदी , लोकमान तामाङ्ग,कुमोदबाबु वस्नेत ,र अरुण कोईमी राई चयन भएका छन् ।

प्रतिक्रिया