कविता – ` साला पहाडमें क्या है ´

१. मुहानबाट निस्केर फुत्तकहीँ हुत्तिँदै कहीँ थामिँदैतर कहीँ कतै पनिपछाडि फर्केरएक नजरसम्मनलगाउँदैबरु उल्टै दुई किनारहरूमासालिकझैँउभिएका रोगी पहाडहरूलाईलात हान्दै बेस्सरीभागिरहेछ नदीदेश छोडेर ! २. काँधमा रातो रुमालले बीचमाटपक्क बाँधेको झोला रकम्मरमावर्षौँदेखि शान नलगाईखिया परेकोखुकुरी भिरेरथला परेकाबूढा बाआमालाईमुर्दाघर जस्तो घररुङ्न अह्राउँदैपियारीहरूलाई साथमा लिएरहिँडिरहेछन् तन्नेरी छोराहरूजनम ठाउँ छोडेर । ३. बेमौसमअज्ञात मुलुकबाटआएको बताससँगसँगैलहस्सिँदै र बतासिँदैउडिरहेछन् दिशाहिन भएरसुन्दर, मुलायमफूलका कलिला…