समाचार

कटारी बजार सरसफाई कार्यक्रम सम्पन्न



कटारी / हेवेन्ली निर्माणा पाथ नेपाल , कटारी नगर समितिले आज पन्ध्रौ पटक कटारी बजार सरसफाई गरेको छ । परिवर्तन संघ नगर समिति कटारीको सह आयोजनामा नियमित कटारी बजार सरसफाई अभियानमा जुटेको पाथले आज पनि बजार सरसफाई गरेको हो ।
स्वास्थ्य जीवन शान्ति समाज निर्माण स्वच्छ सफा सुन्दर हाम्रो शान भन्ने नाराका साथ आयोजित सरसफाई कार्यक्रम अन्र्तगत कटारी वडा नम्बर ३ र ४ को बजार क्षेत्रमा सरसफाई गरिएको समितिका अध्यक्ष सरिता श्रेष्ठले बताउनुभयो ।
सरसफाई कार्यक्रममा कटारीका विभिन्न संघ संस्था तथा सुरक्षाकर्मीहरुको समेत सहभागीता रहेको थियो । कटारी बजारको वुद्धपार्कमा औपचारिक कार्यक्रम गरी बजार क्षेत्र सरसफाई गरिएको थियो ।
औपचारिक कार्यक्रमको प्रमुख अतिथि कटारी ३ का वडाध्यक्ष पुष्कर खड्का हुनुहुन्थ्यो । खड्काले बजारमा सरसफाईका लागि निरन्तर काम गरेकोमा धन्यवाद दिनुभयो । कार्यक्रम समितिका उपाध्यक्ष हरिस सुनुवारले संञ्चालन गर्नुभएको थियो ।
सरसफाईको व्यवस्थापन गर्नका लागि कटारी नगरपालिका र उदयपुर उद्योग वाणिज्य संघले सहयोग गरेको थियो । कटारी बजारको सडक आसपास र चोकहरुमाा समितिले सरसफाई गरेको हो ।

प्रकाशित : २९ श्रावण २०८२, बुधबार, ,