समाचार

उदयपुरका वाम्बुले राईहरुले कटारी र कुमलटारमा मनाए ‘ढ्वाँङ्कुम’


२७ श्रावण २०८२, सोमबार, ,


कटारी /शनिबार उदयपुरमा पनि वाम्बुले राईहरुले महान चाड ‘ढ्वाँङ्कुम’ धुमधामका साथ मनाएका छन् । रक्षावन्धनका दिन वाम्बुले राईहरको यो चाड ‘ढ्वाँङ्कुम’ पर्ने गर्दछ ।
वाम्बुले राई समाज (वाम्रास) उदयपुरको आयोजनामा कटारीको साकेला थान परिषरमा यो दिवश मनाईएको हो । समाजका अध्यक्ष ऋषि राईका अनुसार थान परिषरमा यस पटक पहिलो पटक लिब्जु थान स्थापना गरी लिब्जु पुजा गरेर चाड मनाईएको हो ।
चाडको अवसरमा शुभकामना आदान प्रदान तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु राखिएको थियो । कटारी , रिस्कू आसपासका वाम्बुले राईहरुका साथै , किरात राई यायोक्खाका कटारी अध्यक्ष मेनुका राई , लगायतका अन्य किराती समुदायहरु पनि कार्यक्रमा सहभागी भई शुभकामना आदान प्रदान गरेका थिए ।
त्यसैगरी वाम्बुले राई समाज ताप्ली , ५ ले पनि कुमलटारमा भेटघाट तथा शुभकामना आदान प्रदान गरि ‘ढ्वाँङ्कुम’ मनाएको छ । आसपासका वाम्बुले राईहरुले आपसमा शुभकामना आदान प्रदान गरी यो चाड मनाएका हुन् । वाम्रास उदयपुरले जिल्ला भित्रका वाम्बुले राईहरुलाई संगठित गर्दै कार्यक्रमहरु गर्ने गरेको छ ।

प्रकाशित : २७ श्रावण २०८२, सोमबार, ,