कटारी/ अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईलाई कटारीमा आज औपचारिक रूपमा स्वागत गरिएको छ।
कटारी नगर प्रमुख राजेशचन्द्र श्रेष्ठ, नगर खेलकुद समिति अध्यक्ष दीपक राई, पत्रकार अभिमन्यू लामीछाने, साथी समूह अध्यक्ष विजय अधिकारी, तथा माओवादी केन्द्र कटारीका युवा नेताहरू मणिराज दाहाल र ईश्वर पोखरेलले संयुक्त रूपमा स्वागत गरेका हुन्।

कार्यक्रमका क्रममा कटारीको खेल क्षेत्रको अवस्थाबारे छलफल भएको नगर खेलकुद अध्यक्ष दीपक राईले जानकारी दिनुभयो।
महासचिव राईले नगर प्रमुख श्रेष्ठलाई एन्फाको जर्सी र फुटबल मायाको चिनोस्वरूप प्रदान गर्नुभयो।
स्थानीय खेलकुदको विकासमा सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
प्रतिक्रिया