नेपालटार / तत्कालिन उदयसेन राजाले छेलो हानेको ईतिहास रहेको स्थानमा छेलो पार्क निर्माण भईरहेको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर ६ मा छेलो भञ्ज्याङ्ग पर्यापर्यटन योजना अन्र्तगत ऐतिहासिक छेलो पार्क निर्माणको सुरुआत भएको छ ।
वडाध्यक्ष कृष्णबहादुर खत्रीले यस पटकको काम सकिएको बताउनुभयो । क्रमागत रुपमा यहाँ पर्यटकीय क्षेत्र बनाउने काम हुन पनि वडाध्यक्ष खत्रीले बताउनुभयो । पार्कमा राजाले छेलो हानेको स्थान , बेहुला वेहुली ढुंगा , पोखरी लगायतका संरचनाहरु निर्माण भएको पनि वडाध्यक्ष खत्रीले बताउनुभयो ।
वडाध्यक्ष खत्रीका अनुसार रातमाटे सामुदायिक वन क्षेत्रमा पार्क निर्माण गरिएको हो । कोशी प्रदेश सरकार र उदयपुरगढी गाउँपालिकाको सहकार्यमा गत आर्थिक वर्षमा १० लाख ४० हजार ६ सय ९२ को लागतमा दनुवारवेंसी टोल विकास संस्थाले पर्या पर्यटनको काम गरेको हो ।
चण्डेश्वर श्रेष्ठको अध्यक्षतामा रहेको समितिले पार्क निर्माण गरेको हो । मदनभण्डारी राजमार्गसँगै जोडिएकोले यो पार्कमा पर्यटनको सम्भावना प्रचुर मात्रामा छ । हाल आकर्षक गेट निर्माण गरिएको भएपनि पार्कसम्म पुग्ने बाटो , पार्कका संरचनाहरु भने अभैm थप आकर्षित गर्नुपर्ने देखिन्छ ।
ऐतिहासिक गढीका रुपमा परिचित उदयपुरगढीको अर्को पर्यटकीय गन्तव्यका रुपमा यसपार्कलाई विकास गर्न सकिने प्रशस्त सम्भावना देखिन्छ ।

प्रतिक्रिया