तस्बिर साभार हेलो कटारी नगरपालिकाको फेसबुक पेज ।

कटारी / कटारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै १५ औं नगर सभा आज सम्पन्न गरेको छ । नगरपालिकाको सभा हलमा उपमेयर गिता खड्काले आगामी आर्थिक वर्षका लागि ८७ करोड ६५ लाख ३ हजार ४ सय ३९ रुपैंयाको बजेट प्रस्तुत गर्नुभयो ।
जसमा राजश्व बाँडफाँट संघ तर्पm १८ करोड २२ लाख ६८ हजार ४ सय ३९ रुपैंया र प्रदेश तर्पm १ करोड ४९ लाख २४ हजार , वित्तिय समानिकरण अनुदान संघ तर्पm १२ करोड ४३ लाख , प्रदेश तर्पm १ करोड १ लाख ७६ हजार , सशर्त अनुदान संघ तर्पm ४३ करोड ८२ लाख प्रदेश तर्पm ४९ लाख ६६ हजार , समपुरक अनुदान संघ तर्पm ५५ लाख , प्रदेश तर्पm १ करोड १५ लाख बजेट अनुमान गरिएको छ । त्यसैगरी आन्तरिक आम्दानी ४ करोड ९४ लाख ६९ हजार गतवर्षको मौज्दात एक करोड , मालपोतबाट २ करोड ५२ लाख गरी अनुमानित ८७ करोड ६५ लाख ३ हजार ४ सय ३९ रुपैंयाको बजेट नगर सभाले पारित गरेको हो ।
त्यसैगरी नगरपालिकाले क्षेत्रगत तर्पm नगरपालिका चालु र विविध कार्यक्रमका लागि १४ करोड ४८ लाख ५० हजार , नगरपालिका पूजींगत तर्पm ५ करोड ८७ लाख ८७ हजार ४ सय ३९ साझेदारी कार्यक्रम तर्पm १ करोड ७२ लाख वडा तर्पm ११ करोड ७ लाख , विषयगत शाखा तर्पm ७ करोड ४८ लाख र नगद मौज्दात अल्यामा १ करोड गरी ४१ करोड ६३ लाख ३७ हजार ४ सय ३९ रुपैंयाको बजेट विनियोजन गरेको छ ।
नगर सभालाई सम्वोधन गर्दै मेयर राजेशचन्द्र श्रेष्ठले माथिल्लो भेगका लागि यहि आर्थिक वर्षबाट गहुँबारी वर्थिङ्ग सेन्टरबाट नगर अस्पत्ताल संञ्चालन गर्ने बताउनुभयो । त्यसैगरी माथिल्लो भूभागमा एउटै वडामा चारचार वडा भवन निर्माण गरिसकेको पनि मेयर श्रेष्ठले बताउनुभयो ।
त्यसैगरी कृषि एम्बुलेन्स खरिद गरी निशुल्क रुपमा संञ्चालन गर्ने बताउनुभयो । नगरसभा उठेका प्रश्नहरुको जवाफ दिंदै मेयर श्रेष्ठले कतिपय महत्वपूर्ण योजनाहरु पनि छुटेको हुन सक्ने भएकाले त्यसलाई वडा नगर कार्यक्रमबाट समेट्दै जाने बताउनुभयो । त्यसैगरी उपमेयर खड्काले राम्रो काम गरे सवैले राम्रो भनाई पाउने र नराम्रो काम गरे सवैले नराम्रो भनाई खाने भएकाले सवै जनप्रतिनिधिहरु राम्रो काममा लाग्नुपर्ने बताउनुभयो ।
सुन्दर कटारी नगरको पहिचान , सुशासन र समृद्धि हाम्रो अभियान भन्ने नाराका साथ सम्पन्न अधिवेसनमा नीतिहरु प्रस्तुत गर्दै उपमेयर खड्काले कृषि तर्पm प्रत्येक वडामा प्राविधिक खटाउने व्यवस्था मिलाउने वताउनुभयो । आर्गनिक खेतिमा जोड , कटारी नगरपालिकाको अठोट भन्ने नारालाई आधारित वनाएर खेति प्रणाली सुधार गर्ने , एक वडा एक पकेट क्षेत्र विकास कार्यक्रम संञ्चालन गर्ने नगरपालिकाले नीति लिएको छ । कृषकलाई प्रोत्साहन गर्न कृषकसँग नगरप्रुमख कार्यक्रम पनि संञ्चालन गरिनेछ ।
त्यसैगरी लैंगिक सशक्तीकरण तथा सामाजिक समावेशीकरण सम्वन्धि नीति तथा दलित सम्बन्धि ऐनलाई आगामी आर्थिक वर्षमा पारित गरी कार्यान्वयन गर्ने नगरपालिकाको नीति छ । नीति बमोजिम ऐन वनाएर राजपत्रमा प्रकाशित गरी प्रकृया अघि बढाईने नगरपाकिलाका प्रमुख प्रशासकीय अधिकृत राजन थापाले बताउनुभयो ।
चालु आर्थिक वर्षमा नगरपालिकाले आन्तरिक स्रोत तर्पm ४ करोड १९ लाख राजश्व संकलनको लक्ष्य राखेकोमा १ करोड ९५ लाख ५९ हजार ७ सय ८ रुपैंया मात्र संकलन गरेको छ ।
प्रतिक्रिया