दुधौली / स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुधौली नगर समितिले “दुर्घटना न्युनिकरण तथा सचेतना कार्यक्रम” सम्पन्न गरेको छ। दुधौली–१० स्थित मदन भण्डारी राजमार्गको ट्राफिक प्रहरी बिटमा आयोजना गरिएको हो ।
कार्यक्रमको अवसरमा मदन भण्डारी राजमार्गमा गुडिरहेका करिब दुई सय सवारी साधनका चालकहरूलाई संयमित र होसियारीपूर्वक सवारी चलाउन अनुरोध गर्दै चेतनामूलक सन्देशहरू वितरण गरिएको थियो। दुर्घटनाबाट बच्न सडक सुरक्षाको महत्व, ट्राफिक नियमको पालना, र जीवन रक्षाका उपायहरूबारे चालकहरूलाई प्रत्यक्ष रूपमा सन्देश दिइएको थियो।
रास्वपा दुधौलीले जनहितका यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जनाएको छ । दुधौली ट्राफिकका अनुसार आर्थिक वर्ष २०८१८२ मा ४० सवारी दुर्घटनामा १ जनाको ज्यान जानुका साथै २४ गम्भिर प्रकृतिका दुर्घटनामा २७ जना सामान्य घाईते भएका थिए ।

प्रतिक्रिया