कला/साहित्य

चुहाडमा सामुहिक साकेला सिलीको रौनक

उभौलीको क्रममा राईहरुले महिनाभर साकेला सिली नाच्छन



कटारी / शनिबार दिउँसो कटारी नगरपालिका , ६ मा राई समुदायले धुमधामका साथ साकेला नाचे । वैशाखे पूर्णीमादेखि सुरु किरात राई समुदायको महान पर्व उभौलीको अवसरमा राईहरुले महिनाभरी नै विभिन्न साकेला थान तथा राई वस्तीहरुमा साकेला नाचेर मनाउने गरेका छन् ।
किरात राई प्रारम्भिक कमिटी कटारी ६ चुहाडले साकेला थान स्थापना गरी , ट्रस भवन समेत निर्माण गरिसकेको छ । शनिवार दिउँसो यायोक्खा नगर कमिटी कटारीको साकेला सिली समूह र वडाको प्रारम्भिक कमिटीको संयुक्त साकेला सिली चुहाडमा नाचिएको हो ।
किरात राईहरुको उल्लेख्य संख्यामा वसोवास रहेको चुहाडमा यस पटक पहिलो पटक सामुहिक साकेला सिली नाचिएको प्रारम्भिक वडा कमिटी चुहाडका अध्यक्ष मन्जु राईले बताउनुभयो । कमिटीका सचिव दिनेश राईले यो सुरुआती क्रम भएकाले आगामी दिनमा थप व्यवस्थित साकेला गरिंदै जाने बताउनुभयो ।
किरात राई यायोक्खाको नगर कमिटी कटारी अन्र्तगत वडा नम्बर १ देखि ७ नम्बर वडासम्म प्रारम्भिव वडा कमिटी कृयाशिल छ । आगामी सालहरुमा सवै वडा र टोलहरुमा पुग्नेगरी साकेला सिली प्रदशर्नी कार्यक्रम राखिने यायोक्खाका नगर कमिटी अध्यक्ष मेनुका राईले बताउनुभयो ।
चुहाडमा वैशाखे पूर्णीमाका दिन साकेला थानमा पुजा गरी साकेला नाचेर उभौली मनाईएको थियो । किरात राई सँस्कृति सम्वन्धि जानकार तथा नेपाल पत्रकार महासंघ उदयपुरका पूर्व अध्यक्ष महेश्वर राईले पूर्णीमाका दिन सवैले आ आप्mनो थानमा सिकारी लगायतका पुजा गरेर त्यसपछीका दिनहरुमा टोल टोल सम्म साकेला सिली नाचिने बताउनुभयो ।
कार्यक्रममा यायोक्खा जिल्ला कमिटी सदस्य ऋषि राई , निशान राई , नगर कमिटी सल्लाहाकार कर्ण राई , नगर कमिटी परिवारका पदाधिकारीहरु ल्गायतको आतिथ्यता रहेको थियो ।

प्रकाशित : ५ जेष्ठ २०८२, आइतबार, ,