२०७१ सालबाट सुरु भएको कटारी गोल्डकप फुटबल प्रतियोगिता १० वर्ष पछि पाचौं संस्करण सम्पन्न भएको छ । यहि फागुन १० गते देखि सुरु भएको प्रतियोगिता फागुन १७ गते सम्पन्न भएको हो । बिदेशी पाहुना टोली सामत्से फुटबल क्लवभुटान सहित ७ स्वदेशी क्लबहरुको सहभागीतामा सम्पन्न भएको यो प्रतियोगिताको विजेता च्याम्पियन ब्वाइज काठमाडौ बन्यो , मधेश प्रदेशको उत्कृष्ट क्वब सलेश युथ क्लब सिरहालाई एकका बिरुद्ध २ गोल गर्दै च्याम्पियन ब्वाइजले पाचौं कटारी मेयर गोल्ड कपको उपाधी कब्जा गरेको हो ।
फुटबल खेल खेलहरु मध्य विश्वको चर्चित,लोकप्रिय खेल मानिन्छ । कटारी नगरपालिकाको सन्दर्भमा हेर्ने हो भने विविध कारणले गोल्डकपलाई निरन्तरता दिन नसकी रहेको अवस्थामा यो पटक नगरपालिकाको ९ लाख सहित विभिन्न संस्था व्यक्तिहरुको सहयोगमा कटारी नगर खेलकुद समितिले आयोजना गरेको यो प्रतियोगिताले कटारी नगरपालीका सहित छिमेकी नगरपालीकाको फुटबल खेल प्रेमी दर्शकहरुको बाक्लो उपस्थितमा पाचौं गोल्ड कप सम्पन्न गरेको हो ।
गोल्ड कप आयोजनाले स्थानिय होटेल ब्यापारमा समेत यो प्रतियोगीताले फाइदा दिएको छ । खेलप्रती रुचि राख्ने दर्शक महानुभावहरुलाई मज्जाले मनोरञ्जन दिएको छ , भने कटारीमा पनि गोल्डकप भन्ने सन्देश सहित कटारीको नगरपालीकाको नाममा खेल आयोजनाको तिता मिठा व्याख्या सङ्गै परिचय थपिएको छ ।

यो पटकको प्रतियोगितामा नाम कटारी मेयर गोल्ड कप नभएर अन्तर्रास्ट्रिय आमन्त्रित कटारी मेयर गोल्डकप राखेर प्रचार गर्दा फरक पर्ने थिएन किनकी बिदेशी टोली भुटान यो प्रतियोगीतामा सहभागीता भएको थियो । यो पटकको प्रतियोगितामा बिदेशी खेलाडी सहित नेपालको ए डिभिजन खेलिसकेको र यो पटकको राष्ट्रिय लिगमा खेल्ने चितवन फुटबल क्लबका शिशिर लेखी देखि मिलन राई, कुलदिप कार्की, उमेश याम्फु राई,तपन कार्की,बुद्ध पाचे,चरी लिम्बू,हेमन लिम्बू,कुमार गुरुङ,देवा गुरुङ,बिमल ठोकर जस्ता दर्जनौ राम्रा खेलाडिहरुको उपस्थितिमा खेल हुनु गोल्डकपको निक्कै रोचक पक्ष हो ।
नजिकबाट यस्ता राम्रो खेलाडीहरुको खेल हेर्ने,मनोरञ्जन लिने देखि कटारी नगरका खेलाडीहरुले खेल हेरि खेल्न सिक्ने अबसर यो गोल्डकपबाट प्राप्त गरेको छ भने यस्ता खेलाडीहरुले गोल्ड कप खेले वापत केही पारिश्रमिक लिने एउटा अवसर बनेको छ ।
पाचौं गोल्डकप आयोजना कटारीले गरिरँहदा आज सम्म कुनै सँस्करण आयोजकले जित्न सकेन यो पटक पनि आयोजक कटारी उदघाटन खेलमा धरानसँग शुन्यको बिरुद्ध १ गोल खाँदै पहिलो खेल मै हार बेहोर्नु पर्यो । खेलमा हारजित हुन्छ यो स्वभाबिक हो । तर कटारीको सन्दर्भमा एउटा समिक्षा गर्नै पर्छ । आज भन्दा अगाडि गोल्डकपमा कटारीले आफ्नो धेरै स्थानिय खेलाडीको सहभागीतामा प्रतिस्पर्धा गरेको पाइन्छ ।
यो पटक भने कटारीले आयोजना गरेको यो प्रतियोगीतामा स्थानिय खेलाडीहरुको त्यस्तो उपस्थित देखिएन। गोल्डकप आयोजना गरिने समाचारसँगै कटारी नगर खेलकुद समितिले इच्छुक खेलाडीहरुलाई कोच ट्रेनिङको निम्ति छनोटमा आउन सूचना जारी गरे पनि प्रभाबकारी देखिएन । १४ जना खेलाडीलाइ ट्रेनिङमा राखिएता पनि ट्रेनिङ गराउन राखिएको खेलाडीहरु केही मात्र गोल्डकप खेल्ने उमेर समूहको रहेको र अन्य उमेर समुहभन्दा कम रहेको र उक्त ट्रेनिङ प्रभाबकारी नरहेको देखिन्छ ।
कम्तिमा नगर खेलकुद समितिले दिएको यो अवसरलाइ कोचको भुमिकामा जिम्मेवारी सम्हाल्ने कोचले नगर भित्रको हिजो्बाट फुटबल खेल खेल्दै आएको राम्रो खेलाडीहरुबाट एउटा समूह बर्नाइ तयारी गरिएको भए नगरको लगानी अनुरुप उपलब्धि हासिल हुने थियो कि? गोल्डकप आयोजना गर्नु भनेको स्थानीय आयोजकले खेलाडी उत्पादन गर्नु स्थानीय खेलाडीलाई अबसर दिनु अनुभव दिनु र पाहुना खेलाडीले खेलको खेल प्रत्यक्ष अबलोकन गरी खेल खेल्न सिक्नु पनि हो ।
यत्रो लगानीमा आयोजना भएको खेलमा कटारीमा कति खेलाडी उत्पादन भए? भएको खेलाडीको विषयमा कस्तो योजना बनेको छ? यो प्रश्नको जवाफ ढिलो चाँडो आउला तर आयोजनाबाट स्थानिय खेलाडीलाई प्रोत्साहनसँगै कटारी – ११ फुटबल टिमलाई वर्षमा हुने नगरको एउटा खेल मात्रै नभएर अन्य जिल्लामा हुने गोल्डकप, डिभिजन लिगहरु देशको रास्ट्रीय टिममा खेल्न सक्ने उत्पादनमा नगरले नगर भरिको प्रतिभालाई गाउँ,वडासम्म गएर छनोट गरी राम्रो कोच झिकाई ट्रेनिङमा राख्न सके आगामी दिनमा नगरको नाम रोशन पक्कै हुने छ यो विषयमा कटारी नगरपालीका र नगर खेलकुद बिकास समितिले योजना बनाएर आगामी दिनमा अघि बढ्नु पर्ने जरुरत छ ।
कटारी नगरमा राम्रो फुटबल खेलाडी छन होला कति आर्थिक चापले ब्यबहारले कति अबसर सम्म पुग्ने बाटोको खोजी मै अलमल परेर बसेको अबस्था हुन सक्छ । नगर खेलकुद समितिले त्यस्ता प्रतिभालाई सहि स्थानमा ल्याउन योजना बनाउन जरुरत देखिन्छ । कटारीमा गोल्डकप सन्चालन भै रहँदा कटारीबाट खेल्ने राष्ट्रिय खेलाडीहरुलाई भुल्नु हुन्न हामीले नगरले सम्झिनै पर्छ महिला राष्ट्रिय टिमको खेलाडी यहि कटारी , ५ भोर्लेको हिरा भुजेल त्यसै गरी १७ वर्ष मुनिको टिमको पुरुष तर्फको खेलाडी वडा –२ को सबिनय कटुवाल,नेपालको बि डिभिजन खेल्ने प्लानिङ ब्वाइजबाट अनुबन्धित कटारी –३ को फुटबल खेलाडी प्रताप राई यो पटकको गोल्डकपमा आफ्नो टिमको कप्तान सम्हाल्दै खेल मैदनामा सहभागी भएको थिए ।
कटारीको यस्तै स्थानिय प्रतियोगिताबाट उत्पादन भएको खेलाडीहरु नगरका छुटपुट देखिन थालेको छ त्रिभुवन आर्मीमा रहेको कनपा –२ को जीवन कुवर, कनपा १ को समीर थापा मछिन्द्र क्लबको १८ उमेर समुहको खेलाडी हुन भने एपिएफबाट १६ उमेर समुहमा कटारी –३को रितिक धामि र कटारी –१ को अमिर थापा खेल्दै छन । यो हाम्रो नगरको गहना हो हामीले यहि गहनालाई जोगाउँदै अन्य प्रतिभालाइ खोजी गरि अबसर दिन सक्नु पर्छ ।
अन्त्यमा ः गोल्डकप फुटबल प्रतियोगिता आफैमा एउटा खर्चिलो आयोजना हो जुन आयोजना सुरु भएको १० वर्षमा हामीले भर्खर पाचौं गोल्डकप सन्चालन सम्पन्न गरेका छौँ । सबै नगरबासीहरुको आर्थिक सहयोगले यो प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीता सञ्चालनमा भएको हिजो देखिको हिसाब सार्बजनिक नहुनुको गुनासाहरु अझै सुन्नमा पाउछौ तसर्थ यो पटक चुस्त हिसाब सार्बजनिकसँगै आगामी वर्षमा यो प्रतियोगिताको निरन्तरताको खोजी अहिले नै गर्नु पर्छ ।
प्रतियोगितावीच कुनै देखिएका केही कमजोरीहरु समग्र नगर भित्रको कमजोरी हुन भने प्रतियोगितावीच देखिएको राम्रो पक्ष समग्र नगरबासिको हो तसर्थ पनि हामी सबै यस्ता आयोजनामा त्यतिनै जिम्मेवार छौँ , हुनुपर्दछ यहि भावनाले हातेमालो गरि अघिबढ्नु पर्दछ । भएको कमजोरीलाई सकारात्मक पुर्व सच्याउनु पर्छ जुन अपेक्षा नगर विकाश खेलकुद समितिले गर्नु पर्छ । गोल्डकप खेल खेल्ने खेल मैदानलाई सुधार गर्नै पर्छ ।
यस्तो खेल मैदानमा प्रतियोगिता आयोजना गर्दा खेलाडीहरुलाई असुबिधा र खेल खेल्ने क्रममा बढी चोट लाग्न सक्छ त्यैसैले पनि खेल मैदानलाइ मर्मत र हरियो झार मैदानमा बनाउने योजना स्थानिय सरकारले बनाउनु पर्दछ । दर्शकको कष्ट यो पटक उस्तै रहयो खेल मैदानमा प्याराफिट कम छ आगामी वर्षमा आयोजना हुने प्रतियोगितामा पक्कै पनि खेल मैदानको अवस्थालाइ कटारी नगरले सुधार गर्नै पर्छ ।
(लेखक राई गएको पाँचौ कटारी मेयर गोल्डकपमा आयोजक कटारी ११ को टिम म्यानेजर समेत हुनुहुन्थ्यो -सम्पादक )
प्रतिक्रिया