१६ फागुन , कटारी / सर्वोच्च अदालतका प्रधानन्यायधिस प्रकाशमानसिंह राउतले आज कटारी नगरपालिका वडा नम्बर ३ मा रहेको ताराघारी महादेव गुफाको अवलोकन गर्नुभएको छ । गुफाको अवलोकन गर्दै प्रधानन्यायधिस राउतले गुफाको बारेमा जानकारी लिनुभयो ।
गुफाको बारेमा महादेव गुफा पर्या पर्यटन व्यवस्थापन समितिले प्रधानन्यायधिस राउतलाई जानकारी गराएको समितिका सचिव रोशन श्रेष्ठले बताउनुभयो । त्यसैगरी सोही अवसरमा गुफा परिसरमा निर्मित व्याडमिन्टन कोर्टको प्रधानन्यायधिस राउतले उदघाटन समेत गर्नुभयो ।
कोशी प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्व उद्योग तथा कृषि सहकारी मन्त्री रामकुमार खत्रीसँग व्याडमिन्टन खेल्दै प्रधानन्याधिस राउतले कोर्टको उदघाटन गर्नुभएको हो । कार्यक्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले गुफाको बारेमा प्रधानन्यायधिस राउतलाई जानकारी गराउनुभएको थियो ।
यो गुफा पूर्व क्षेत्रकै धार्मिक पर्यटनको गन्तव्य वन्दै गएको गुफा हो । कटारी नगरपालिकाका स्थानीय समेत रहनुभएका प्रधानन्याधिस राउतलाई आज नै दिउँसो त्रिवेणी मावि कटारीमा एक वृहत कार्यक्रमका वीच कटारी नगरपालिका , उदयपुर उद्योग वाणिज्य संघ र कटारी विद्यार्थी समाजले सम्मान गरेको थियो । प्रधानन्यायधिस राउत त्रिवेणी माविका पूर्व विद्यार्थी समेत हुनुहुन्छ ।

प्रतिक्रिया