पर्यटन

जगदेश्वरी गुफाको सम्भावना बारे डिभिजन वनको नेतृत्वमा अवलोकन सहित पुजा आराधना


१४ फाल्गुन २०८१, बुधबार, ,



१४ फागुन , कटारी / शिवरात्रीको अवसर पारेर कटारी सव डिभिजन वन कार्यालयको नेतृत्वमा , संञ्चारकर्मी , स्थानीय सहितको टोलीले आज कटारी , १ खसिबास स्थित जगदेश्वरी महादेव गुफाको अवलोकन तथा पुजा आराधना गरेका छन् ।  आगामी पर्यापर्यटन वर्ष २०८२ लाई प्रवद्धृन गर्ने उद्येश्यले गुफाको अवलोकन गरिएको वन अधिकृत सन्तोष कुमार चौधरीले बताउनुभयो ।
जगदेश्वरी गुफा पदमार्ग सम्पन्न गरी दर्शन गर्दै टोलीले प्रचार प्रसारको अभावमा ओझेलमा परेको भन्दै प्रचार प्रसारको आवश्यकता रहेको पाईएको पनि अधिकृत चौधरीले बताउनुभयो । शिवरात्रीका अवसरमा आज कटारी आसपासबाट भक्तजनहरु पुगेका थिए ।
वन अधिकृत चौधरीले पर्यटन प्रवद्धृन गर्न सके आन्तरिक र वाह्य पर्यटकका लागि धार्मिक गन्तव्य वन्न सक्ने गुफा रहेको पाईएको बताउनुभयो । वन कार्यालयका जमदार विष्णु श्रेष्ठ सहितको टोली गुफा पुगेको संञ्चारकर्मी सन्तोष कार्कीले जानकारी दिनुभयो ।
प्राकृतिक संरचनाका आधारमा निकै मनमोहक यस गुफामा निरन्तर पानी झर्ने र पानी भित्र विभिन्न प्रतिमाहरु रहेका छन् । यहाँ पुजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास छ । कटारी बजारबाट २० किलोमिटर कच्ची सडक कटारी–हडैया–खसिबासहुँदै साना सवारीमा यहाँ पुग्न सकिन्छ ।त्यसैगरी कटारी ,२ काे गराँसबाट पनि सवारीमा जान सकिन्छ ।
प्राकृतिक रुपमै पृथक यस गुफा र अन्य वाटोहरुमा पनि श्रमदानबाट आउजाउमा सहज बनाउन काठको साँघुहरु वनाईएको छ । उचित सडक व्यवस्थापन , प्रचार प्रसार र आवश्यक संरचनाहरु निर्माण गर्न सके यो गुफामा धार्मिक पर्यटनहरु भित्रिने प्रशस्त सम्भावना रहेको पाईएको पनि संञ्चारकर्मी कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित : १४ फाल्गुन २०८१, बुधबार, ,