६ फागुन , मंगलबार , गाईघाट /उदयपुरको चौदण्डिगढी नगरपालिका वडा नम्बर ४ वसाहा वर्षेडाँडामा नवनिर्मित प्रजातान्त्रि योद्धा नारदमुनी थुलुङ्गको पूर्णकदको शालिक अनावरण कार्यक्रम स्थगित गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई आज ज्ञापन पत्र बुझाईएको छ । सरोकारवालाहरुसँग समन्वन नै नगरी २०५१ मा स्थापित शिलाको अर्धकदको शालिक भत्काएर नगरपालिकाले फाईबरको पूर्ण कदको शालिक भोलि प्रजातन्त्र दिवशको अवसरमा अनावरण गर्न लागेको भन्दै उक्त कार्यक्रम रोक्न ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाईएको हो ।
यस अघि नै विभिन्न सरोकारवालाहरुले ध्यानाकर्षण गराउँदा समेत नगरपालिकाले वल मिच्याँई गरेर कार्यक्रम गर्न लागेको ज्ञापन पत्र बुझाउन आउनुभएका नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदका अध्यक्ष मनकुमार राईले बताउनुभयो । “तत्काल कार्यक्रम स्थगित गरी सरोकारवालाहरुसँग समन्वय गरी अर्को कार्यक्रममा अनावरण गर्न माग गरेका छौं ।”अध्यक्ष राईले भन्नुभयो ,“प्रजातान्त्रिक योद्धाको शालिक राष्ट्रपति , उपराष्ट्रति वा प्रधानमन्त्रीबाट उदघाटन गर्नुपर्नेमा प्रदेशको मूख्यमन्त्रीबाट अनावरण गरी प्रजातान्त्रिक सेनानीको अपमान गर्न खोजिएको छ ।”
त्यसैगरी १ नम्बर प्रदेश पुन ः नामाकरण संयुक्त संघर्ष समिति नगर समितिका संयोजक मनिकुमार राईले पनि प्रजातान्त्रिक सेनानीको शालिक यस अघि नै उदघाटन गरिसकिएको भन्दै पुनः उदघाटन गर्नु अपमान भएको बताउनुभयो । त्यसैगरी प्रदेशमा नामाकरणका विषयमा विवादित मूख्यमन्त्रीबाट उदघाटन गर्दा अपमान हुने बताउनुभयो । “हामी पहिचानको आन्दोलनमा छौं , हामीसँग निहु खोज्नका लागि मूख्यमन्त्री ल्याउन खोजिदैंछ ।”उहाँले भन्नुभयो ,“प्रजातान्त्रिक सेनानीको तत्कालिन समयमा स्थानीयले धान मकै संकलन गरेर समेत शालिक राखिएको थियो त्यो शालिक स्थापित गर्नेहरुसँग समेत समन्वय भएन् ।”
यस अघि किरात राई यायोक्खा उदयपुर , जनजाति महासंघ , नारदमुनी थुलुङ्ग स्मृति परिषदले समेत विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रम रोक्न ध्यानाकर्षण गराएको थियो । पूर्णकदको शालिक निर्माण राम्रो कार्य भएपनि सरोकारवालाहरुसँग समन्वय नगर्नु , फाईबरको शालिक राखिनु , यस अघिको शालिक अनावरणको शिलाहरु नष्ट गर्नुमा असन्तुष्टि जनाईएको जनता समाजवादी पार्टी नगर समिति अध्यक्ष अन्जना राईले बताउनुभयो ।
आज समेत नेपाली काँग्रेस , माओवादी केन्द्र , जनता समाजवादी पार्टीको नगर स्तरीय संयुक्त वैठकले समेत उक्त कार्यक्रम रोक्न माग गरेको भन्दै प्रजिअलाई ध्यानाकर्षण गराईएको थियो । ध्यानाकर्षण पत्र वुभ्mदै प्रजिअ घिमिरेले सवैले ईतिहासदेखि मानेको सेनानीको विषयमा विवाद हुनु राम्रो नभएको बताउनुभयो ।
हालको निर्माण प्रकृया यस अघि नै सुरु भएका बेला छलफल गरिनुपर्ने उहाँको भनाई थियो । अन्तिम समयमा जानकारी गराईएको भन्दै यसबारे आप्mनो ध्यानाकर्षण भएको प्रजिअ घिमिरेले बताउनुभयो । स्थानीय तह सवैको कार्यालय भएकाले सोही कार्यालयमा पनि गएर कुरा राख्नुपर्ने पनि घिमिरेले बताउनुभयो । ज्ञापन पत्र वुझाउन आएकाहरुले भने नगरपालिकाका मेयरसँग समन्वय गर्न खोज्दा वास्ता नगरेको बताएका थिए ।

प्रतिक्रिया