कला/साहित्य

गजल , खुट्टा काटेर जुत्ता उपहार दियौ…


३ फाल्गुन २०८१, शनिबार, ,


–‘भावुक’ यज्ञ राई

पाहुना पुजे घर भित्र बास दिई बसे ।
म भुंईमा तिमिलाइ खास दिई बसे ।।

रित्ताएर खल्ती समय र सहयोग गरे ।
पुगेन अझै बाँकी मेरो आस दिई बसे ।।

खुट्टा काटेर मेरो जुत्ता उपहार दियौ ।
म गाँस काटेर मेरो सास दिई बसे ।।

ओहो ,समाज नुनमा सबै गुन भुल्छौ ।
अब खान्छौ ? बाकी छ ,लास दिई बसे ।।

  • कटारी , ३ , उदयपुर

(हरेक शनिबार हामी एउटा सिर्जना पस्किनेछौं , तपाईको पनि कुनै सिर्जनाहरु भए हामीलाई पठाउनुहोला सिर्जना पठाउन ह्वाट्सअप नम्बर ९८६२८५९८२३ , साहित्यलाई हामी सवैभन्दा बढी प्राथमिकतामा राख्छौं , सम्पादक)

प्रकाशित : ३ फाल्गुन २०८१, शनिबार, ,