२ फागुन , शुक्रबार , कटारी / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) नगर कमिटी कटारीको आयोजनामा कटारी , ७ रिस्कू पक्कीटोलमा हिजो खुल्ला भेला सम्पन्न भएको छ । नगर कमिटीका सभापति सुरेन्द्र जयसवालको सभापतित्व र केन्द्रीय सदस्य तथा माननिय अशोक कुमार चौधरीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
संगठन विस्तार अभियानको पनि सुरुवाता गरिएको भेलाले रमेश कुमार दनुवारको सभापतित्वमा वडा कमिटी गठन गरेको पार्टीका जिल्ला सचिव सूर्यबहादुर लामाले बताउनुभयो । कार्यक्रममा अवसरमा विभिन्न पार्टी परित्याग गरी ३२ घर रास्वापामा प्रवेश गरेको पनि लामाले बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य माननीय असोक कुमार चौधरीले पार्टीको भावि रणनीति योजना तथा वर्तमान अवस्थाका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा केन्द्रीय कानुन विभाग सदस्य हेमराज पोख्रेल, केन्द्रीय कृषि विभाग सदस्य चन्द्रकान्त साप्कोटा , उदयपुर जिल्ला सभापति चित्रकुमार कार्की , उपसभापति अनिलकुमार श्रेष्ठ , तथा जिल्ला सहसचिव सुर्यकुमार राई कोषाध्यक्ष कौशिला कार्की , लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया