राजनीति

सोरुङ्गछबिसेमा रास्वापाको खुल्ला भेला सम्पन्न ,देशको अवस्थाबारे प्रश्न गर्ने वेला भएको प्रसाईको भनाई


२४ माघ २०८१, बिहिबार, ,



२४ माघ , विहिबार कटारी / कटारी , १० सोरु¨छविसेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को खुल्ला भेला आज सम्पन्न भएको छ ।रास्वापाको नगर सभापति सुरेन्द्र जयसवालको साभपतित्व र केन्द्रिय सह प्रवक्ता रमेश प्रसाईको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रसाईले देशको अवस्था कमजोर भएको भन्दै अव जनताहरुले प्रश्न गर्नुपर्ने बताउनुभयो । “देशको मुहार फेर्न रास्वापा आएको हो अव यसैबाट सबैले अघि बढ्नुपर्छ ।”उहाँले भन्नुभयो ,“अब पनि सवै युवाहरु मिलेर अघि नबढे देश वर्वाद हुन्छ ।”
त्यसैगरी पार्टीको नीति र सिद्धान्तबारे पनि प्रसाईले प्रष्ट पार्नुभयो । कार्यक्रममा पार्टीका प्रदेश महामन्त्री लालविक्रम थापा , जिल्ला सभापति चित्रकुमार कार्की , उपसभापति अनिल श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए । स्थानीयको उल्लेख्य सहभागिताका वीच कार्यक्रम सम्पन्न भएको नगर सभापति जयसवालले बताउनुभयो ।

प्रकाशित : २४ माघ २०८१, बिहिबार, ,