मनोरन्जन

राज तामाङ्गको कटारी सिमसार गीतको भिडियो सार्वजनिक (भिडियो सहित )



कटारी/ गायक राज तामाङ्ग र कला ईशारा राईको स्वरमा सजिएको कटारी सिमसार वोलको दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कटारी , ५ स्थित सिसाघारी सिमसारलाई प्राथमिकतामा राखेर तयार पारिएको गीतको म्युजिक भिडियो पनि सिमसार कटारी बजार आसपास खिचिएको हो ।
गायक तामाङ्गको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको शब्द , संगित गायक विनोद दनुवारको हो । भिडियोमा सञ्जु राउत , सुवास दनुवार ,सावित्रा अधिकारी , रोशन मगर लगायतले अभिनय गरेका छन् ।
भिडियो निर्देशन राजन रसाईलीले गरेका हुन् भने क्यामेरामा एलएक्स वसेल रहेका छन् । सागर राईले भिडियो सम्पादन गरेका हुन् । कटारीको सिसाघारी सिमसारको पर्यटनमा भिडियोले टेवा पुराउने लक्ष्य राखिएको छ ।कटारीको पर्यटनको सम्भावना बोकेको सिमसारलाई प्रवद्धन पुग्ने लक्ष्यका साथ गीत तयार गरिएको हो ।

भिडियो –

प्रकाशित : २८ श्रावण २०८२, मंगलबार, ,