कटारी / सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले कटारीमा पनि हस्ताक्षर अभियान संञ्चालन गरेको छ। रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि प्रतिशोध भएको भन्दै कटारीको भूगोलपार्कमा आज वेलुकी हस्ताक्षर अभियान संञ्चालन गरेको हो।
रास्वपाका उदयपुर जिल्ला सचिव सूर्य लामाले जिल्लामा हस्ताक्षर अभियान जारी रहेको र सोही अभियान अन्र्तगत भूगोलपार्कमा हस्ताक्षर संकलन गरिएको बताउनुभयो । रास्वपाले अहिलेको सरकारले पाटी सभापतिमाथि गरेको अन्याय जनताले बुझिसकेकाले जनलहर आफूहरूतिरै बढेको लामाको दाबीे छ । कार्यक्रममा स्वतस्पूmर्त हस्ताक्षर गर्न मानिसहरु आएका थिए ।

प्रतिक्रिया