पर्यटन

सिमसार आसपास हरियाली बढाउन पाखैभरी पोखरी निर्माण



कटारी / उदयपुरकै पर्यटकीय क्षेत्र रहेको कटारी–५ को सिसाघारी सिमसार आसपासका खुल्ला र नाङ्गो डाँडालाई पनि हरियाली वनको रुपमा परिणत गरिने भएको छ । यस अघि पनि समूहले सिमसारसँगैको खुल्ला र नाङ्गो डाँडा पाखाहरुमा हजारौं विभिन्न जातहरुको वृक्षारोपण गरिसकेपनि सुख्खा डाँडा पाखाहरुमा विरुवाहरु नफस्टाएपछी डाँडा पाखाभरी नै ३१ वटा पुन भरण पोखरी (रिचार्ज पोखरी) निर्माण गरेर वन क्षेत्रमा हरियाली रुख विरुवाहरु बढाउने भएको हो ।
समूहका अध्यक्ष दिलबहादुर अधिकारीका अनुसार वन तथा वातावरण मन्त्रालय अन्र्तगतको चुरे उत्थानशील आयोजनाको कार्यालय ईटहरीको सहयोगमा पोखरीहरु निर्माण गरिएको हो । “खुल्ला स्थानहरुमा भएका विरुवाहरुलाई पानी र मलहरु पुराउनेछौं थप वृक्षारोपण गरेर वन हरियाली बनाउने छौं ।”अध्यक्ष अधिकारीले भन्नुभयो ,“वर्षाको पानी पोखरीहरुमा भरिनेछन् पछी आवश्यक परे सिमसारको पानी पनि मोटरले तानेर पोखरीमा हाल्न मिल्छ ।”
कार्यालयका राष्ट्रिय आयोजना निर्देशक मेघनाथ काप्mलेका अनुसार यस्तो पोखरीमा क्रमशहरु पानीहरु भरिंदै जान्छन् ।“त्यहाँ पातपतिंङ्गरहरु मल वन्छन र जमिन मलिलो र चिसो हुन्छ अनि वोट विरुवाहरु फस्टाउँछन् ।”निर्देशक काप्mलेले भन्नुभयो ,“यसलाई कार्यालयले नमुनाका रुपमा काम गरिरहेका छौं ।”
निर्देशक काप्mलेका अनुसार त्यहाँ पाखाबाट भूक्षय रोक्ने वाँसको ड्यामहरु निर्माण गरिएको छ । जसले पानी मात्र पठाउँछ माटोहरु रोकेर सिमसारलाई वचाउँछ । त्यस्तै सिमसार क्षेत्रमा कार्यालयले ७ लाख ६८ हजार ४ सय ८६ रुपैंयाको लागतमा पोखरी पनि थप गरिदिएको छ ।
पर्यटकीय क्षेत्र सिमसारमा यस वर्ष डिभिजन वन कार्यालय त्रिवेणी (कटारी)को तीन लाख सहयोगमा वन्यजन्तु तथा वासस्थान संरक्षण स्थल पनि निर्माण गरिएको छ । त्यस्तै कोशी प्रदेश सरकारको १० लाख लगानीमा फुलक्यारी पार्क पनि यसै वर्ष निर्माण गरिएको छ । यसले सिमसारको थप आकर्षण वढेको छ । कटारीकै महत्वपूर्ण पर्यटकीय स्थलमा संरचनाहरु निर्माण जारी रहेको पनि समूहले जनाएको छ ।
प्राकृतिक रुपले सुन्दर यस मानिएको सिमसारको संरक्षण तथा प्रवद्र्धनमा डिभिजन वन कार्यालय, कटारी नगरपालिकाका साथै विभिन्न सङ्घसंस्था र व्यक्तिलेसमेत सहयोग गरेका छन् ।

प्रकाशित : ९ असार २०८२, सोमबार, ,