कला/साहित्य

कविता”उड्न नसकेको चरा हुँ म”



प्वाँखहरु नपलाउँदै
पखेटा काटिएको एउटा चरा हुँ म,
हो, उड्न नसकेको चरा हुँ म ।
घर देखी परदेश सम्म
अलमलिएको यात्री जस्तै
म पनी कहिले भोकसँग हराउँछु,
कहिलेत बिथोलिएको निन्द्रासँग हराउँछु ।
भाग्य खोज्दै जाँदा
हरेसका ठुला ठुला पिलरहरुमा ठोकिन्छु, कतै मेरो सपनाहरुको वजन गहरुङ्गो थियो कि
आफैलाई चिमोटी हेर्छु, फेरी चिमोट्छु,
अहँ कतै पनी दुखेन ।
बास्तबमा म, ढलिसकेछु दुखै दुखको चट्टानमाथी ।
जहाँ सिरानी मेरो इच्छा थियोे, अनी ओढ्ने आशाको खोल थियो ।
साथी १ यो संसार स्वार्थी छ नि,
साच्चैनै स्वार्थी छ ।
यस्लाई हामी चिन्छौ, यस्ले हामीलाई चिन्दैन यार ।
यो संसार तिमी, हामी मिलेर रचेको संसार हो ।
हेर्ने नजर पक्कै कम्जोर होईन होला
यदी हामी नहुदोुत, यो संसार हुदैन थियो होला ।
त्यसैलेुत धिकार्न मन लाग्छ, कीनकि
पसिनाको खेती गर्दै गर्दा पनी कहिलेकाही दुईछाक राम्रोसँग खान दिदैन ।
निक्कैनै आवेगमा आए कि कसो
नियतीको खेलनै यस्तै छ ।
हाँस्न बिर्सेका ओठहरुलाई
रुवाउने आँखाहरु उपहारमा छ ।
कहिले आबेगमा उक्लदै होस या भावनामा बग्दै गर्दा होस, यहाँ म आफैलाई बिर्सन्छु ।
मेरो बचेराहरु भोकाए होलान् , भरैको छाक जुटाउनु छ ।
अनी,
दुखेको छाती बोकेर
क्षीतिजपारीको बादल सम्म पुग्नु मन छ ।
बिडम्बना , उड्न नसकेको चरा हुँ म ।

कटारी , ३ च्याँगा , उदयपुर

प्रकाशित : २१ जेष्ठ २०८२, मंगलबार, ,