कला/साहित्य

नृत्य निर्देशक संघ कटारी गठन , को को भए पदाधिकारी ?



कटारी / नृत्य निर्देशक संघ कटारीको प्रथम अधिवेशन आज जनजाति महासंघ कटारीको हलमा सम्पन्न भएको छ । अधिवेसनले डुप्चन लामाको अध्यक्षतामा नगर समिति गठन गरेको छ ।
समिति/को उपाध्यक्षमा गायत्री पराजुली , सचिवमा सम्झना तामाङ्ग , सह सचिवमा एलएक्स वसेल र कोषाध्यक्षमा सुरज थापा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा रुना माझी , मोहन मगर र सुमन विक चयन भएका छन् । समितिले अन्य थप सदस्यहरु थप गर्नेछ ।
त्यसैगरी अधिवेसनले सल्लाहाकार समितिमा दिनेश लामा , शरद माझी , राजन रसाईली , रोशन मगर , अमर श्रेष्ठ , नविन माझी , छोटु तामाङ्ग , सूर्य मगर र सुवास दनुवार चयन भएका छन् । नव गठित समितिलाई संघका जिल्ला अध्यक्ष प्रेमजंग किराती , उपाध्यक्ष दिनेश लामाले शुभकामना तथा वधाई ज्ञापन गरेका थिए ।
संघको जिल्ला अध्यक्ष किरातीले जिल्ला समिति गठन पछी पहिलो पटक स्थानीय तहमा कटारीमा समिति गठन भएको बताउँदै अव क्रमश जिल्ला भरी समितिहरु विस्तार गर्ने वताउनुभयो ।

प्रकाशित : २७ बैशाख २०८२, शनिबार, ,