कटारी / कटारी नगरपालिका–३ मा सञ्चालित ४५ दिने एडभान्स सिलाई कटाई तालिम सम्पन्न भएको छ। तालिम २०८१ सालको चैत ८ गतेदेखि सुरु भई २०८२ सालको जेठ २१ गतेसम्म सञ्चालन भएको हो।

घरेलु तथा साना उद्योग कार्यालय, कोशी प्रदेश, उदयपुरको आयोजनामा तथा वडा नं. ३ को समन्वयमा सम्पन्न तालिममा सोही वडाका १४ जना महिलाहरूको सहभागिता रहेको थियो। प्रशिक्षकको रूपमा कविता बुढाथोकीले तालिम दिनुभएकाे थियाे ।
आज भएको समापन कार्यक्रममा उपमेयर गीता खड्का र वडा नम्बर ३ का वडाध्यक्ष पुष्कर खड्काले सहभागीहरूलाई बधाई दिँदै प्रमाणपत्र वितरण गर्नुभएको थियो।
कार्यक्रममा वडाध्यक्ष खड्काले यसअघि वडाले आधारभूत सिलाई तालिम सम्पन्न गरिसकेको र त्यसको निरन्तरताका रूपमा एडभान्स तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो।
उपमेयर खड्काले महिलालाई आत्मनिर्भर बनाउन सिपमूलक तालिमहरू उपयोगी हुने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिने बताउनुभयो।
सहभागीहरूले तालिमबाट सीप वृद्धि भएको र अब व्यवसाय सञ्चालन गर्ने आत्मविश्वास बढेको प्रतिक्रिया जनाएका छन्।
प्रतिक्रिया