कला/साहित्य

माओवादीको जनसंगित अभियान कटारीबाट सुरु



कटारी/ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले कोशी प्रदेश स्तरीय जनसंगित अभियान २०८२ को सुरुआत गरेको छ । आज कटारीको चिल्ड्रेनपार्कमा एक कार्यक्रमकावीच केन्द्रले अभियानको उदघाटन गरेको हो । पार्टीको प्रदेश कमिटीको आयोजनामा सुरु भएको अभियानको पार्टीका केन्द्रीय उपमहासचिव तथा पूर्व कृषि मन्त्री हरिबोल गजुरेलले उदघाटन गर्नुभयो ।
अभियानको उदघाटन गर्दै गजुरेलले तराई , मधेस जागरण अभियान जारी रहेको बताउँदै गजुरेलले मदन भण्डारी राजमार्ग आसपास केन्द्रीत भएर अभियान सुरु भएको बताउनुभयो । “पुराना राजावादी पुरातन शक्तिहरु पmेरी पुरानै व्यवस्था फर्काउनलाई हिजोको अवस्थालाई फर्काउन खोजिरहेका छन् त्यसलाई रोक्न पनि अभियान जारी छ ।”गजुरेलले भन्नुभयो ,“उत्तर आधुनिकतावाद र सामन्तीवादी संस्कृति रोक्नका लागि हामीले अभियान चलाएका छौं ।”
माओवादीले आदिवासी जनजाति , मधेसी , दलित सवैको अधिकारका लागि अभियान चलाईरहेको पनि गजुरेलको भनाई थियो । “एकातिर विकृत पूँजिवाद पनि बढिरहेको छ त्यसलाई पनि हामीले रोक्नुपर्नेछ ।”उहाँले भन्नुभयो ,“अवको समाजवादी क्रान्तिमा विदेशी शक्तिहरुलाई रोक्न पनि हामी अभियानमा छौं ।”कार्यक्रममा अखिल नेपाल जनसाँस्कृतिक महासंघको प्रदेश स्तरीय समितिले गायन , नृत्य , नाटक मार्पmत प्रस्तुति दिईरहेका छन् ।
उनीहरुले ‘अबको बाटो ’शिर्षकको नाटक मार्पmत देशमा राजाहुँदाका अप्ठ्याराहरु गणतन्त्रमा पाएका उपलब्धीहरुबारे अभिनयको माध्यमबाट चेतना पैmलाईरहेका छन् ।माओवादी केन्द्रको नगर कमिटी कटारीको समन्वयमा कटारीमा प्रदेश स्तरीय अभियानको उदघाटन गरिएको हो ।
अभियान अन्र्तगत क्रमश मदनभण्डारी राजमार्ग केन्द्रीत हुँदै यहि वैशाख १८ गते मे १ तारिकका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवशका दिन झापाको वाहुनडाँगीमा अभियानको समापन गरिने माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्क नेम्वाङ्ग (मिक्सो)ले जानकारी दिनुभयो । अभियानको उदघाटनमा माओवादी केन्द्रका कटारी नगर कमिटी अध्यक्ष कमल श्रेष्ठले अभियानको स्वागत गर्दै कटारीबाट यो अभियान सुरु हुनु महत्वपूर्ण रहेको बताउनुभएको थियो । पहिचान पक्षधर पार्टी रहेको भन्दै माओवादीले आप्mना कार्यक्रमको व्यानर तथा मन्तव्यहरुमा कोशी प्रदेश नलेखी नभनी एक नम्बर प्रदेश उल्लेख गरेको छ ।

प्रकाशित : १० बैशाख २०८२, बुधबार, ,