कटारी/ नेपाल कम्युनिष्ठ पार्टी माओवादी नगर कमिटी कटारीले कोशी प्रदेश योजना आयोगको आयोजनामा शनिबार कटारीमा सम्पन्न योजना तर्जुमा गोष्ठीमा राजनीतिक दललाई जानकारी नगराईएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आज कमिटीका अध्यक्ष कमल बहादुर श्रेष्ठ हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गर्दै माओवादीले कार्यक्रम तालिकामा राजनीतिक दलहरुलाई सकृय सहभागिता रहने उल्लेख गरिएको भएपनि कार्यक्रमबारे जानकरी नगराईएको भन्दै ध्यानाकर्षण गराएको हो ।

वार्षिक योजना तर्जुमा गोष्ठी जस्तो महत्वपूर्ण कार्यक्रममा दलहरुलाई सहभागी नगराउनु खेदपूर्ण रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । आगामी दिनमा यस्ता महत्वपूर्ण कार्यक्रममा राजनीतिक दलहरुलाई नछुटाउन पनि पार्टीले आयोजकलाई सचेत गराएको छ ।
शनिबार कटारीको होटल मजेष्टीमा सम्पन्न प्रदेश योजना आयोगको आयोजना र प्रदेशका सम्वन्धित मन्त्रालयहरुको समन्वयमा आयोजित कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरुलाई जानकारी नगराईएको भन्दै माओवादीले ध्यानाकर्षण गराएको हो । कार्यक्रममा संघिय निर्वाचन क्षेत्र नम्बर २ का जनप्रतिनिधिहरुले योजनाहरु संकलन गरेका थिए ।
प्रतिक्रिया