राजनीति

माओवादीले कटारीमा भ्रष्टाचार विरुद्ध टोलसम्मै खबरदारी सभा गर्ने




कटारी / नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र नगर कमिटी कटारीले आज पत्रकार सम्मेलन गर्दै नवनिर्वाचित समितिले तेस्रो नगर सम्मेलन र पहिलो वैठकको निर्णयहरु सार्वजनिक गरेको छ । कमिटीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै पार्टीले आप्mनो भावि रणनीतिहरु समेत जानकारी गराएको हो ।
नव निर्वाचित नगर कमिटी अध्यक्ष कमल बहादुर श्रेष्ठ र सचिव ईश्वर पोखरेल हस्ताक्षतिर प्रेश विज्ञप्ति जारी गर्दै कमिटीले संगठन सुद्धिृढिकरण अभियान चलाउने , स्थानीय विकृति विसंगति विरुद्ध , सबै खाले भ्रष्टाचार र कुशासन विरुद्ध नगर देखि गाउँ टोल सम्मै अभियान चलाउनेबारे जानकारी गराएको हो । प्रतिगामी तत्वले टाउको उठाउन खोजेको भन्दै गम्भिर चासो रहेको भन्दै त्यस्ता तत्व विरुद्ध संघर्ष गर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । पत्रकार सम्मेलनमा पत्रकारहरुको जवाफ दिंदै अध्यक्ष श्रेष्ठले पहिलो चरणमा नगरको मेयरलाई विज्ञप्ति प्रदान गर्ने र टोल टोलसम्म भ्रष्टाचार विरुद्ध खबरदारी सभा गर्ने जानकारी दिनुभयो ।
त्यसैगरी सम्मेलनमा सम्पन्न तेस्रो नगर अधिवेसनमा नगर भित्रका २१ सहिद परिवार र ४८ पूर्व जनमुक्ती सेनालाई सम्मान गरिएको समेत जानकारी गराईएको थियो । पार्टीको केन्द्रीय कमिटीको धारणामा टेकेर कमिटीले काम गर्ने पनि जानकारी गराईएको थियो । कमिटीको तेस्रो अधिवेसन गएको फागुन २८ गते उदयपुर उद्योग वाणिज्य संघको हलमा पार्टीका केन्द्रीय उपमहासचिव तथा पूर्व मन्त्री गिरीराजमणी पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रकाशित : १ चैत्र २०८१, शनिबार, ,