कटारी / तीनदिन अघि मलेसियामा सवारी दुर्घटनामा नपर्नुभएको भए अहिले कटारी , ११ खोल्मेचौरका कमल राउत परदेशको कोसेली बोकेर टुप्लुक्क गाउँ आईपुग्नुहुन्थ्यो । अन्दाजी २३ वर्षको युवा उमेरका राउत आएसँगै अहिले घर परिवार मात्रै होईन टोल छिमेक गाउँघर साथीसँगी रमाईलो गरिरहेका हुन्थे ।
रहर र सपनाका अनेक भारी बोकेर घर फर्किनुअघि मलेसियमा सवारी दुर्घटनामा परेपछी अहिले गाउँनै शोकमा छ । मलेसियावाट घर फर्किने अघिल्लो दिन राउत घर ल्याउने सामान किन्न साथीसँग मोटरसाईकलमा किनमेल गर्न गएकोबेला दुर्घटनामा परेर ज्यान भएको खबर आएको स्थानीय प्रदिप राउतले जानकारी दिनुभयो ।
नेपालकै एकसाथीसँग घर फर्किन किनमेल गर्नका लागि गएकावेला राउतलाई ट्रिपरले ठक्कर दिएको र पुनः अर्को सवारीले ठक्कर दिएपछी ज्यान गएको बताईएको छ । सरस्वती मावि हर्देनीका पूर्व विद्यार्थी राउत मिलनसार , ईमानदार र मेहेनती स्वाभावका हुनुहुन्थ्यो । कोसेली वोकेर आउने तयारीमा रहेका राउतको मृत्यु पश्चात अहिले शव ल्याउन पहल भईरहेको बताईएको छ ।

प्रतिक्रिया