१५ फागुन , कटारी / नेपाल मगर संघले आप्mनो ४३ औं स्थापना दिवश आज कटारीमा धुमधाका साथ मनाएको छ । दिवशको अवसरमा संघको जिल्ला समन्वय समिति उदयपुरको आयोजना र नगर समितिको समन्वयमा कटारीमा दिवश मनाईएको हो ।
दिवशको अवसरमा कटारी बजार परिक्रमा गरी होटल मजेस्टीमा एक कार्यक्रमका वीच दिवश मनाईएको हो । संघको जिल्ला अध्यक्ष हरि आलेको सभापतित्व र केन्द्रिय सह अध्यक्ष गंगाबहादुर मगरको प्रमुख आतिथ्यता साथै कोशी प्रदेशका पूर्व मन्त्री प्रदेश सभा सदस्य नारायण वुर्जा मगरको विशेष आतिथ्यतामा सभा गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा केन्द्रिय उपाध्यक्ष सिता राना मगर , केन्द्रिय सदस्य केशव खपाँगी मगर , कोशी प्रदेश समितिका उपाध्यक्ष राजु मगर लगायतले सभालाई सम्बोधन गरेका थिए । जिल्ला अध्यक्ष मगरका अनुसार संघले आप्mनो स्थापनाको अवसरमा दिवश मनाउँदै आएको छ ।
ईतिहासमा राज्यसत्ता चलाउने मगरहरु विस्तारै राज्यको शासन सत्ताबाट वाहिरिएपछी विकेन्द्रित भएको र विकेन्द्रित मगरलाई केन्द्रिकृत गराउन संघ गठन भएको ४२ वर्ष पुरा भएको उपलक्ष्यमा संघले दिवश मनाएको पनि अध्यक्ष मगरले बताउनुभयो ।
कार्यक्रममा कटारीका ९ र १ का वडाध्यक्ष क्रमश वेगबहादुर आले मगर र पदमलाल मगरको पनि उपस्थिति रहेको थियो । त्यसैगरी जिल्लाका पालिकाका प्रतिनिधिहरु तथा मगर जनप्रनिधिहरु कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रममा कलाकारहरुले मनोरञ्जनात्मक प्रस्तुति समेत दिएका थिए । उल्लेख्य संख्यामा मगरहरुको उपस्थितिले आगामी दिवशरु खुल्ला स्थानमा वृहत रुपमा मनाउनुपर्ने देखिएको पनि वक्ताहरुले बताएका थिए ।

प्रतिक्रिया