२ फागुन , शुक्रबार , कटारी ,नेकपा माओवादी केन्द्र कटारीले जनयुद्ध दिवस मनाएको छ। हिजो साँझ कटारीको भूगोल पार्कमा दीप प्रज्वलन गर्दै जनयुद्ध दिवस मनाईएको हो। पार्टीका नेता, कार्यकर्ता तथा विद्यार्थीहरूको सहभागितामा आयोजित कार्यक्रममा जनयुद्धको योगदान, उपलब्धि र वर्तमान राजनीतिक परिवेशबारे छलफल गरिएको थियो।

कार्यक्रममा बोल्दै माओवादीका केन्द्रिय सदस्य केपी बरालले जनयुद्धले स्थापित गरेका मूल्य र सिद्धान्तलाई वर्तमान परिस्थितिमा समेत आत्मसात् गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। बरालले जनयुद्धका सहिदहरूको योगदानको स्मरण गर्दै जनताको हकहितका लागि माओवादी केन्द्र सधैं प्रतिबद्ध रहने बताउनुभयो ।
जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा प्राकृतिक श्रोत व्यवस्थापन कलेज कटारीका विद्यार्थीहरू, स्थानिय बुद्धिजीवी, तथा सर्वसाधारणको समेत उपस्थिति थियो। सहभागीहरूले जनयुद्धको ऐतिहासिक पक्षबारे चर्चा गर्दै वर्तमान राजनीतिक परिवेशमा माओवादी आन्दोलनको आवश्यकता र भूमिका बारे चर्चा गरेका थिए।
प्रतिक्रिया